प्राइम खबर संबाददाता | फागुन १, २०७८ आइतबार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका छन् । उनीविरुद्ध नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग दर्ता भएको हो । संविधानको धारा १०१ को उपधारा ९२० बमोजिम महाभियोगको कारवाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यसको टुंगो नलागेसम्म कामकारवाही गर्न नपाउने सम्बैधानिक व्यवस्था रहेको छ ।