प्राइम खबर संबाददाता | फागुन १, २०७८ आइतबार

आईतबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ। मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा पहिलो पटक फागुन १ मा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिएका छन्  ।


शुक्रबार साँझ मन्त्री साहले एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक विदा दिने घोषणा गरेका थिए । तीन वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको मधेश सरकारले जनयुद्ध दिवस भने पहिलोपटक मनाउन लागेको हो ।  सो अवसरमा आज जनयुद्धका सहिद परिवारलाई मधेश सरकारले जनही एकलाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने भएको छ ।



मधेशका आठवटै जिल्लाबाट पाँच–पाँच जना जनयुद्धका सहिद परिवार गरी ४० सहिद परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मान पत्र वितरण गर्न लागिएको मन्त्री साहको सचिवालयले जनाएको छ ।