प्राइम खबर संबाददाता | माघ २९, २०७८ शनिबार

रौतहटमा ठूलो परिमाणको अवैध  चिरान काठ सहित एकजना युवक पक्राउ परेका छन् ।  
शुक्रबार डिभिजन बन् कार्यालय रौतहट चन्द्रनिगहपुरबाट खटेको गस्ती टोलीले पिकअप गाडीमा अवैध सालको काठ लोड गरी पश्चिम दिशा बाट पूर्व चन्द्रनिगाहपुर तर्फ आउँदै  गरेको अवस्थामा चालक सहितको सवारीलाई नियन्त्रणमा लिन सफल भएको डिभिजन बन् कार्यालयले जनाएको छ ।  अवैध चिरान काठ लोड गरी ल्याएको अवस्थामा  भ्यान चालक वृन्दाबन नगरपालिका वडा नं.१ बलेरी टोल निवासी नवीन बजगाई रहेका छन् । 
गस्ती टोलीलाई प्राप्त विशेष सुचनाको आधारमा खटि गएको  टोलीले गत राती  करिव साढे १० बजेको समयमा ना.३ च ९६७५ नम्बरको पिकअप गाडीमा  ४२ थान अवैध सालको चिरान काठ बरामद गरेको डिभिजन बन् कार्यालय रौतहटका प्रमुख अमर देव यादवले जानकारी दिएका छन् । बरामद भएको काठको परिमाण  ६८ दशमलब ३ क्युब फिट रहेको  डिभिजन वन कार्यालयले जनाएको छ ।
अवैध काठको ओसार पसारमा संलग्न भई पक्राउ परेका बजगाई सहित उल्लेखित गाडी र बरामद काठ  आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रौतहटमा पठाएको डिभिजन बन् कार्यालयले  जानकारी दिएको छ । उता अवैध काठको ओसारपसारमा संलग्न बजगाईंलाई छुटाउन स्थानीय माओवादी नेताहरु कम्मर कसेर लागि परेको स्रोतले बताएको छ ।