प्राइम खबर संबाददाता | माघ २८, २०७८ शुक्रबार
रौतहटमा काठ तस्करी गर्ने तस्कर सहित काठ बरामद भएको छ ।
बिहिबार राती साढे ११ बजेको समयमा काठ तस्करहरुले जिल्लाको वृन्दावन सव डिभिजन बन अन्तर्गतको बन जंगलबाट तस्करी हुदै चन्द्रनिगाहपुर तर्फ काठ आउदै छ भन्ने बिशेष सुचना प्राप्त भएपछि वृन्दावन सवडिभिजन बन कार्यालयबाट खटिगएको गस्ती टोलिले काठ बरामद गरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
बरामद काठ साल प्रजातिको ५ थानको गोलिया रहेको बताईएको छ । उक्त काठको परिमाण ३०.१३ क्युबफिट रहेको डिभिजन बन प्रमुख अमरदेब यादबले बताएका छन् । अमरदेव प्रसाद यादबको निर्देशनमा गएको गस्ती टोलिले सो परिमाणको काठ सहित तस्करीमा संलग्न चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने मनिष चौधरीलाई साईकल सहित पक्राउ गरि आबश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय चन्द्र्निगाह्पुर रौतहटमा पेश गरेको डिभिजन बन प्रमुख यादबले जानकारी दिएका छन् ।
उता, काठ सहित पक्राउ परेका चौधरीलाई छुटाउन चलखेल भईरहेको बुझिएको छ ।
बरामद काठ