प्राइम खबर संबाददाता | माघ २७, २०७८ बिहिबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित श्री सन्तानेश्वर मन्दिर परिसरमा चन्द्रनिगाहपुरका स्थानीयले निमार्ण गरेका चतुर्मुखेश्वर शिव मुर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।
विधिवत रूपमा विहिबार प्राणप्रतिष्ठा गरिएको उक्त शिवालयको स्थापना चन्द्रपुर ५ घर भएका स्थानीय समाजसेवी शम्भु बहादुर भट्टाईले आफ्नो निजी लगानिमा गरेका हुन् । समाजसेवी भट्टराईले पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको चाँदी नदी तटमा रहेको सन्तानेश्वर महादेवको मन्दिर संगै उक्त धार्मिक स्थलमा निजी लगानिमा आकर्षक र भव्य भगवान शिवको प्रतिमा स्थापना गरेका हुन । १२ लाख लगानीमा सम्पन्न भएको उक्त धार्मिक स्थलमा १०८ शिवलिङ्ग सहितको चतुर्मुखी शिवको प्रतिमा ,हवन कक्ष र ट्रस समेत निमार्ण गरिएको निर्माता भट्टराईले जानकारी दिएका छन् ।
नवनिर्मित शिवमूर्तिको प्राणप्रतिष्ठा कार्यक्रममा आतिथ्यता ग्रहण गर्न पुगेका रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले "राज्यको एक रुपैयाँ समेत नपरेको यस धार्मिक स्थलमा भट्टाईले आफ्नो व्यक्तिगत लगानीमा गरेको यस पवित्र कार्य बास्तम मै उदाहरणीय तथा प्रशंसा योग्य रहेको" र भट्टराईको समाजसेवा देखेर आफू हर्षित भएको बताए। सांसद तिमल्सिनाले उक्त नव निर्मित धार्मिक स्थलको संरक्षण एबम् प्रवर्धनका लागि केहि रकम संसदीय बिकास कोषबाट छुट्याएर भएपनि घेराबेराको लागि पर्खाल लगाउने र आवश्यक हुँदा तटबन्ध समेत गर्ने व्यवस्था मिलाउने बताएक छन् ।
कार्यक्रमममा मधेश प्रदेशका सांसद धनलाल ठोकर , कांग्रेस ,एमाले,माओवादी लगायतका राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता ,उद्योगी व्यापारी लगायत पण्डित गुरु एबम् भक्तजनहरूको समेत उलेख्य सहभागिता रहेको थियो । कार्यक्रमममा उपस्थित अतिथि हरुलाई निर्माता भट्टराईले सम्मान समेत गरेका थिए ।