प्राइम खबर संबाददाता | माघ २७, २०७८ बिहिबार
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउदो फागुन १७ गते रौतहट आउने भएका छन् ।
मौलापुर नगरपालिकाको नगर प्रमुख रिना कुमारी साहको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा मधानी महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली आउन लागेका हुन् ।
मेयर साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।
मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन् । मौलापुर नगरपालिकाले अघिल्लो दुई बर्षदेखि महाशिबरात्रिको अबसरमा मधानी महायज्ञको आयोजना गर्दै आईरहेको छ ।