प्राइम खबर संबाददाता | माघ २५, २०७८ मंगलबार
रौतहट जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी शैलेन्द्रकुमार गुप्ता सम्मानित भएका छन् ।
नेपालको सबैभन्दा पहिको टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा निरन्तर २७ बर्ष देखि रौतहट संवाददाताको रूपमा कार्य गरे बापत एनटीभी इटहरी च्यानलले मंगलबार जिल्ला सदरमुकाम गौरमा सम्मान गरेको सञ्चारकर्मी गुप्ताले बताएका छन् ।
जिल्ला संवाददाता गुप्ताले गरेको निरन्तर सेवा एबम् संस्थानको श्रीवृद्धीमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एनटीभी इटहरी च्यानलका प्रमुख पुष्पहरी क्याम्पाराइले नगद र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।