प्राइम खबर संबाददाता | माघ २४, २०७८ सोमबार
सरकारले स्थानीय तहको निर्वाचनको मिती तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले अनुसार वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुने बताएका छन् । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनाव गर्नका लागी सरकार समक्ष मिति प्रस्ताव गरेको थियो ।