प्राइम खबर संबाददाता | माघ २३, २०७८ आइतबार
रौतहटको चन्द्रपुरमा अस्टोन ग्लोवल एजुकेशन कन्सलटेन्सी संचालनमा आएको छ । सरस्वती पुजाको अवसरमा आईतबार एक कार्यक्रमको आयोजना बीच श्री कंकाली माध्यमिक विद्यालय, जंगलसहियाका पूर्व प्रधानाध्यापक तथा समाजसेवी छोटेलाल चौधरीले उक्त कन्सलटेन्सीको उदघाटन गरेका छन । उच्च शिक्षा अध्ययनका लागि जापान, अस्टे्रलिया, युके लगाएतका देशहरुमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि परिक्षाका तयारी कक्षाहरु तथा अभिमुखिकरण तालिमका लागि अस्टोन ग्लोबल एजुकेशन प्रा.लि. सञ्चालनमा ल्याईएको सञ्चालक ओम किशोर चौधरीले बताए ।
प्रमाण पत्र तहका अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि कुन देश जाने भन्ने अन्योलता रहेको र सही परामर्श केन्द्रको अभावमा राजधानी नै धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले यो कन्सलटेन्सी सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले बताए । चौधरीका अनुसार नेपाल र जापान सरकार बिच भएको सम्झौता अनुसार २०१९ देखि दक्ष कामदार भिसामा जापान जान ब्यवस्था रहेकोले उक्त कामदार भिसामा जापान जानका लागि भाषा तथा विभिन्न शिपका तयारी कक्षाहरु संचालन गर्ने उद्देश्यले कन्सलटेन्सी संचालनमा ल्याएको बताए ।
उक्त उदघाटन कार्यक्रममा यस्ता किसिमका तालिम तथा परामर्श केन्द्रले गाँउमा रहेका युवाहरुको क्षमता अभिबृद्धि गराउनुका साथै केही सिक्न चहानेहरुका लागि सुनौलो अवसर सिर्जना भएकोमा खुशी व्यक्ति गर्दै कार्यक्रमममा उपस्थित अतिथिहरुले शुभकामना दिइएका थिए । त्यस्तै शुभकामना दिने क्रममा जनता समाजवादी पार्टीका युवा नेता शेख बद्रुदिनले राम्रो काम गर्दै सबैको मन जित्न सफल होस भनि शुभकामना ब्यक्त गरेका सञ्चालक चौधरीले जानकारी दिएका छन् ।