प्राइम खबर संबाददाता | माघ २१, २०७८ शुक्रबार

रौतहटमा हावाहुरीका कारण घर भत्कँदा एक महिलाको मृत्यु भएको छ ।


जिल्लाको बौधीमाई नगरपालिका वडा नं.१ अजगैबी वस्ने राम मंगल राय यादवको श्रीमति वर्ष ४५ की फुलमतिया देवी खपडाले छाएको घरमा वसिरहेको अवस्थामा पानी र हावाहुरीले घर भत्कदा उनको ज्यान गएको हो ।



ईटा, खपडा र काठले च्यापिएर घाईते भई उपचारको लागि मौलापुर तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।