प्राइम खबर संबाददाता | माघ २१, २०७८ शुक्रबार
रौतहटको चन्द्रनिगाहपुरबाट प्रकाशनमा आएको मानबमार्ग साप्ताहिक बिहीबारबाट विधिवत् रूपमा साप्ताहिक पत्रिका प्रकाशन को सुरुवात गरेको छ ।
मानबमार्ग साप्ताहिक पत्रिकाको पहिलो अंक एक कार्यक्रमका बीच नेपाल पत्रकार महाँसघका केन्द्रिय सदस्य शिव पुरीले विमोचन गर्दै औपचारिक रूपमा शुभारम्भ गरेका हुन ।
आयोजित कार्यक्रममा रौतहटको पत्रकारिता जगतमा छापा माध्यममार्फत समाजका सवैखाले आवश्यकतामा सकारात्मक प्रभाव झल्कदै आगामी दिनमा आफ्नो काम र कार्यमा पत्रिका अघि बढेर समाज रुपान्तरणमा मानबमार्गको भूमिका महत्वपूर्ण रहोस् भन्ने शुभकामना प्रमुख अथिती पुरीले ब्यक्त गरेका छन् ।
गुणस्तरीय छपाई सँगै आकर्षक ६ पृष्ठ रहेको पत्रिका मानव मार्गले व्यवसायिक पत्रकरिताको मूल मर्मलाई आत्मसाथ गर्दै अघि बढ्न नेपाल पत्रकार महासंघ रौतहट का अध्यक्ष प्रेमचन्द्र झाले शुभकामना व्यक्त गरेका छन् । पत्रिकाको विमोचन कार्यक्रममा जिल्लाका वरिष्ठ सञ्चारकर्मी सञ्जय कार्की, फणीदेव महत, प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्की (सुब्बा) , इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरका प्रमुख डिएसपी लीला राज लामिछाने, युवा व्यवसायी जनक राज भारती, स्ववियु सभापति संगम श्रेष्ठ, उपसभापति गोपाल हुमागाईं, सरोज अर्याल, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत मिडियाकर्मीको समेत सहभागिता रहेको सोही पत्रिकाका व्यवस्थापक जेबी राउतले बताए ।