प्राइम खबर संबाददाता | माघ १८, २०७८ मंगलबार
नेकपा एमालेको भातृ संगठन युवा संघ चन्द्रपुरको नगर भेला सम्पन्न भएको छ । मंगलबार चन्द्रपुर नगर पार्टी कार्यालय चन्द्रनिगाहपुरमा बसेको भेलाले टिकाराम घिसिंगको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
घिसिंग को अध्यक्षतामा चयन भएको राष्ट्रिय युवा संघ चन्द्रपुर नगर कमिटीको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव द्धयमा क्रमश सुरेन्द्र साह, रबिन काफ्ले, शर्मिला न्यौपाने, उमेश फुयाल र मानबहादुर स्यांगतान लगायत ४७ जना सदस्य नगर कमिटीमा चयन गरिएको एमाले नेता बाल विक्रम कार्कीले बताए ।
युवा संघ चन्द्रपुर नगर कमिटिका पदाधिकारी तथा सदस्यहरु सर्व सहमत रुपमा चयन भएको नेकपा एमाले रौतहटका जिल्ला सचिव समेत रहेका नेता कार्कीले जानकारी दिएका छन् । भेला एमाले केन्द्रीय सदस्य उद्धव रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।