प्राइम खबर संबाददाता | माघ १८, २०७८ मंगलबार
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुने बताएका छन् ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ नेतृत्वको टोलीसँग मंगलबार बालुवाटारमा भएको भेटवार्तामा देउवाले जेठको पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी भएको बताएका छन् ।
एमालेले स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न बखेडाहरु गरिरहेका बेला प्रधानमन्त्री देउवाले पहिलो पटक स्थानीय तहको निर्वाचनका विषयमा प्रतिक्रिया दिएका छन् । देउवाको घोषणाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको खुट्टा कामेको चर्चा परिचर्चा सुरु भएको छ । कांग्रेसले अब स्थानीय तहको निर्वाचनको तयारी शुरु गरेको देउवाको भनाइ छ
बाग्मती कांग्रेसका सह–महामन्त्री ऋषिराम घिमिरले प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै भने, ‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुन्छ भन्नुभएको छ । संभवत जेठको ४ गते हुनेछ । “ घिमिरेले बताए ।
बाग्मती कांग्रेसका सभापति बानियाँले स्थानीय तहको निर्वाचनका विषयमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवासँग राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री देउवाले जेठको ४ गते स्थानीय तहको निर्वाचन गर्ने विचारमा आफू रहेको जानकारी बालुवाटारको भेटमा गराएका हुन् ।