प्राइम खबर संबाददाता | माघ १७, २०७८ सोमबार
रौतहट जिल्लाकी चर्चित महिला समाजसेवी पुजा पाठक तिमल्सीनाले चिसोका कारण कठ्याङ्ग्रिएर जिविकोपार्जन गर्दै आएका विपन्न एबम् जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेकी छिन् ।
सोमबार नेपाली काँगे्रस चन्द्रपुर नगर समितीको समन्वयमा रौतहटकी महिला अधिकारकर्मी तिमल्सिनाले चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित मोतीपुरका ५६ घरधुरीका असाहय एबम् विपन्न नागरिकहरुलाई आफ्नो व्यक्तिगत सहयोगमा जनही एक एक थान कम्बल बितरण गरेकी हुन् ।
बिपन्न एबम् असाहय नागरिकहरुलाई चिसोबाट जिबीकोपार्जन गर्न कठिन अबस्था गुजारीरहेका, आर्थिक अबस्था निकै कमजोर भएका अपांग ,वृद्ध ,एकल महिला तथा असक्त जनताहरू लाई लक्षित गरी कम्बल वितरण गरिएको चर्चित महिला समाजसेवी तिमल्सिनाको भनाइ रहेको छ ।
वडा नम्बर ८ स्थित मोतीपुरमा भएको न्यानो वितरण कार्यक्रम मधेश प्रदेश सभा सदस्य धनलाल ठोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरी, क्षेत्रिय प्रदेश सभापति निलहर्री कोईराला, वडा सभापति लिला तिमल्सिना,स्थानिय काँग्रेस नेता बिनोद आचार्य लगायतका नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
महिला अधिकारकर्मि तिमल्सिनाले आफ्नो गाउँ समाजमा आफूले सकेको सेवा र सहयोग गर्न पाउँदा आफूलाई गर्व महसुस भएको उनको भनाइ रहेको छ । साथै उनको सहयोग प्राप्त गरी खुसी भएका स्थानियहरुले उनको समाजसेवा र मानब अधिकारको क्षेत्रमा गरेको योगदानको खुलेर प्रशंसा गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस दिन दुखिको सेवामा हातेमालो गर्दै अघि बढ्दै जनताको मन जित्ने पार्टी भनेको काँगे्रस मात्र रहेको हुदां आयोजकले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई सम्झिएकोमा धन्यबाद सहित यस्तो पुन्यकर्ममा सहभागी हुुन पाउदा हर्षीत भएको प्रमुख अतिथि ठोकरले बताए ।