प्राइम खबर संबाददाता | माघ १४, २०७८ शुक्रबार

रौतहटमा माओबादीबाट निर्बाचित वडा अध्यक्ष नै नेपाली काँग्रेशमा प्रबेश गरेका छन् ।  फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ का निर्बाचित वडा अध्यक्ष हिरा राय यादब नेकपा माओबादी केन्द्र परित्याग गरी नेपाली काँग्रेस प्रबेश गरेका हुन् ।


शुक्रबार सोही नगरपालिकाको बिजयपुरमा आयोजित पार्टी प्रबेश कार्यक्रममा उनिसंगै सयौको संख्यामा नेपाली काग्रेस प्रबेश गरेको नेपाली काँग्रेसका युवा नेता नितेश कुमार गुप्ताले बताए ।   नगर प्रमुख गोपाल राय यादको बिषेश  पहलमा माओवादीबाट निर्वाचित  वडा अध्यक्ष हिरा राय यादव सहित ४ सयको संख्यामा माओबादी पार्टी परित्याग गरी  नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेता गुप्ताले जानकारी दिएका छन् ।



नब प्रबेशी वडा अध्यक्ष यादबले नेकपा माओबादी भ्रम र झुटको खेतिमा लागेको र जनतालाई धोका दिदै नाताबादको राजनितिमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । अब उप्रान्त माओबादीको धाक र धम्कीको राजनिती यस नगरपालिकामा नचल्ने समेत यादबले बताए । उक्त पार्टी प्रबेश कार्यक्रम नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एबम् नेपाली काँग्रेस रौतहटका प्रभाबशाली नेता जितेन्द्र यादव९सुनिल० लगायत काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।