प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार
गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ "सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिविना कुनै प्रकारको तस्किर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने” व्यहोरा उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता फनिन्द्रमनी पोख्रेलले जानकारी दिएका छन् ।