प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार
सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाईते भएका छन् ।
बिहीबार विहान पौने ४ बजेको समयमा आयोजना निर्माण स्थल पन्चन स्थित सुरुङ मार्ग भित्र स्काभेटरले विच्छ्याउने पाईप लैजाने क्रममा स्काभेटर नै भाँचिएपछि उक्त दुर्घटना भएको हो । सुरुङ भित्र पानी बगाउने पाईप स्काभेटरको बकेटमा लिएर जाँदा स्काभेटरनै भाँचिएपछि उक्त बकेटमा रहेका मजदुर समेत सुरुङ भित्र खसेका थिए ।
सुरुङ भित्र बेपत्ता हुनेमा बारा जिल्ला कोहल्बी नगरपालिका वडा नम्बर १ का २४ बर्षिय राकेश चौधरी रहेका छन् । दुर्घटनामा परि घाईते भएका पर्सा जिल्ला पटेरवा गाउपालिका वडा नम्बर ४ का २० बर्षिय आंगत राय थारुलाई उपचारको लागि ओखलढुंगा स्थित मिसन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटवालले जानकारी दिएका छन् । घाईते थारुको अवस्था सामान्य रहेको वताईएको छ ।
बेपत्ता भएका चौधरी भने आरोलो सुरुङको १ सय ६० मिटर भन्दा तल खसेको अनुमान गरिएको छ । उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको डिएसपी कटवालले बताए ।