प्राइम खबर संबाददाता | पुस २८, २०७७ मंगलबार

   ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट विभिन्न समयमा खटेको गस्ती प्रहरी टोलीले वेवारिसे अवस्थामा वरामद गरी ल्याएको अवैध घरेलु मदिरा मंगलबार नष्ट गरेको छ ।


 इलाका प्रहरी कार्यालय गरुडाले सो अबैध घरेलु मदिरा २२ ओटा ग्यालनमा रहेको ३३० लिटर परिमाणको घरेलु मदिरा ईलाका प्रशासन कार्यालय गरुडा रौतहटका प्रति निधि, गरुडा नगरपालिका कार्यालयका प्रतिनिधी, तथा स्थानिय मानिसहरुको रोहवरमा पोखाएर नष्ट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



पछिल्लो समय रौतहटमा प्रहरीले घरेलु मदिराको अबैध ब्यापारलाई निगरानी बढाएसँगै अवैध घरेलु मदिराहरु धमाधम बरामद हुन थालेपछि अवैध मदिरा ओसार पसार गर्ने गिरोहहरु र उत्पादन गर्नेको सङ्ख्यामा कमी आएको छ ।