प्राइम खबर संबाददाता | माघ १२, २०७८ बुधबार

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत मधेश प्रदेशमा सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन् । राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ उम्मेदवार रहेकी अर्याल ६ हजार १५६ मतभार ल्याएर विजयी भएकी हुन् ।


अर्यालको निकटम प्रतिद्वन्द्वी प्रतिपक्षी गठबन्धनकी रूपा यादवले २ हजार ७५४ मतभार प्राप्त गरिन् ।



विजयी अर्याल नेकपा माओवादी केन्द्रबाट गठबन्धनको साझा उमेदवारी रहेकी थिइन् । पराजित उम्मेदवार यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट प्रतिपक्षी गठबन्धनको साझा उम्मेदवार रहेकी हुन् ।