प्राइम खबर संबाददाता | माघ १२, २०७८ बुधबार
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार जनकपुरमा डाक्टरलाई कुटपिट गरेका छन्।
राष्ट्रिय सभाको निर्वाचन भइरहँदा जनकपुरको पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि उनीहरुले कुटपिट गरेका हुन् । लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताले साहमाथि आक्रमण गरेका थिए।
जनमतका कार्यकर्ताको आक्रमणबाट डा. साहको टाउकोमा चोट लागेको छ। डा. साहको टाउकोमा आठवटा टाँका सहित उनको अनुहारमा पनि गहिरो चोट लागेको स्रोतले बताएको छ ।