प्राइम खबर संबाददाता | माघ १२, २०७८ बुधबार
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको हो ।हाल गणना भएको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
नेपालमा जनसंख्या वृद्धि भएपनि अझै ३ करोड पुगेको छैन् । २०६८ को जनगणनामा नेपालको नजसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो ।दश बर्षको अन्तरालमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसंख्या बढेको हो ।