प्राइम खबर संबाददाता | माघ १२, २०७८ बुधबार
गजल : गुलाब भाचेर दिउ कि
माया माया भन्छौ मुटु काटेर दिउ कि 
भन तिमी पत्थर संग दिल साटेर  दिउ कि
तिमी भन्छौ  मनमा मेरो माया छैन
मुटुमा नै छ तस्बिर तिम्रो फाडेर देखाउ कि
 उसको पनि जिन्दगी हो भनेर सोच्नु तिमी
निर्दोष त्यो  गुलाबलाई  भाँचेर दिउ कि
यति गर्दा पनि तिमीलाई भरोसा छैन भने
जाउँ मन्दिर शिला छोई भरोसा दिलाउ  कि
भैगो अब यो भन्दा के नै गर्न सक्छु र म 
कति छ तिम्रो माया यो मनमा जाँचेर लिउ कि
यति गर्दा अझै विश्वास छैन भने
बिस्वास नाप्ने यन्त्र खोजि आफै जाच्ने पो हो कि 
             दिपक संगम विश्वकर्मा 
                 टीकापुर कैलाली