प्राइम खबर संबाददाता | माघ ३, २०७८ सोमबार

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् ।


सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका हुन् ।



यस अघि स्थायी राजधानीको विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन भइरहेको थियो । प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राख्दै वीरगञ्जमा आन्दोलन र खबरदारी भएको भएतापनि सोमबारको प्रदेश सभा बैठकले जनकपुरलाई नै राजधानी तोकेको छ ।