प्राइम खबर संबाददाता | माघ २८, २०७७ बुधबार
रौतहटको चन्द्रपुर १० स्थित बाल्चनपुरमा उद्घोषण तथा साइबर क्राइम न्यूनीकरण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ।
चन्द्रपुर नगरपालिका १० को सहयोग र सुप्रिम संचार प्रालिको आयोजनामा सो तालिम सम्पन्न भएको हो। बालचनपुरको श्री कृष्ण माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीलाई दिइएको सो तालिमको चन्द्रपुर नगरपालिका १० का वडाध्यक्ष जयराम चौधरीले मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सोहि विद्यालयका प्रधानाध्यापक हेमनारायण चौधरीले उद्घाटन कार्यक्रममा शुभ कामना मन्तव्य राख्दै साइबर क्राइम अत्यन्तै गहन विषय भएकोले यस सम्बन्धि गम्भीर भएर ज्ञान लिन विद्यार्थीलाई आग्रह समेत गरेका थिए। अहिले यो प्रविधिको युगमा धेरैजसो प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढेकोले साइबर क्राइम न्यूनीकरण सम्बन्धि तालिम अति आवश्यक रहेको उँनले बताए ।
साइबर क्राइम न्यूनीकरण सम्बन्धि इलाका प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नितेश कुमार सिंह र आइ टेकका संचालक जितेन्द्र रौनियारले प्रशिक्षण दिएका हुन्। साइबर क्राइम कस्तो हो ? ,यसले कस्तो असर पुर्याउँछ ? यदी साइबर क्राइममा परे यसबाट कसरि बच्न सकिन्छ ? ,कसको सहारा लिने भन्ने विषयमा उँहाहरुले विद्यार्थीलाई प्रष्ट पारेका थिए । सामाजिक संजालको सदुपयोग कसरि गर्ने ,प्रविधिका फाइदा र बेफाइदाका बारेमा पनि विध्यार्थिलाई प्रशिक्षण गराएका थिए। संचारकर्मी श्याम कार्कीले संचालन गरेका सो कार्यक्रममा प्रमुख अतिथि श्री कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमनारायण चौधरी ,वडा अध्यक्ष जयराम चौधरी ,इलाका प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नितेश कुमार सिंह,शिक्षक लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो।