प्राइम खबर संबाददाता | माघ २, २०७८ आइतबार

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी विरोध प्रदर्शन भएको छ ।
 आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित रहेको मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी  स्थानीय युवाहरुले प्रदेशको राजधानी वीरगञ्जलाई बनाउन दवाव सृजना गर्ने उद्देश्यले  विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।  पद जोगाउनका लागि मुख्यमन्त्री राउतले वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको  प्रदर्शनमा सहभागी युवाहरुको आरोप छ । मुख्यमन्त्री राउतले प्रदेश २ को राजधानीका लागि जनकपुरधामको पक्षमा मतदान गर्ने पक्का भएपछि आक्रोशित युवाहरु आन्दोलनमा उत्रेका हुन् ।