सन्तोष काफ्ले | पुस २५, २०७८ आइतबार

नेपाली काँग्रेस रौतहटका युबा नेता एबम् समाजसेबी बलराम राउतले अनाथ,अपाङ्ग एबम् असाहय नागरिकहरुलाई  न्यानो कपडा बितरण गरेका छन् । आईतबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नमबर १ स्थित मंगलपुरमा नेता राउतले असाहय नागरिकहरुलाई   न्यानो कपडा बितरण गरेका हुन् ।




केही दिन देखि रौतहट लगायत तराईका जिल्लामा बाक्लो हुस्सु संगै चिसो बढेपछि कष्टकर जिबन बिताईरहेका बिपन्न नागरीकहरुलाई न्यानोपनका लागी परोपकारी मनका धनी नेता राउतले राहत स्वरुप न्यानो कपडा सेट बितरणको थालनी गरेका हुन् । चिसोबाट कठ्यांग्रीएर दिनकाट्न बाध्य भएका वडाका बिपन्न नागरीकहरुलाई स्थानिय सरकारले बेवास्ता गरेपछि नेता राउत आफैले एकसय २०  जना बढीलाई न्यनो कपडा सेट बितरण गरीएको उनले बताएका छन् ।



शनिबारदेखि सोही वडाको पौराईबाट न्यानो कपडा वितरण सुरु गरेका नेता राउतले आईतबार मंगलपुरका अपाङ्ग, असहाय लाई पनि ट्रयाक सुटको सेट कपडा वितरण गरेका हुन् ।  चिसो मौसमसँगै नेता राउतबाट पाएको न्यानो कपडाहरु आफूहरुलाई ठूलो राहत भएको र उनको  सहयोगप्रति आफुहरु निकै आभारी रहेको कार्यक्रममा सहभागीहरुले प्रफुल्ल हुँदै बताएका छन् । मंगलपुरमा भएको उक्त सहयोग कार्यक्रम रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देबप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश क्षेत्रिय सभापति निलहरी कोईराला,वडा सभापति श्रीराम प्रसाद न्यौपाने, नेपाली काँग्रेसका युवा नेताहरु रुपेश पन्डीत,अन्तु लामा, रोशन लामा, दिनेश पन्डित,मेघनाथ नेपाल लगायत स्थानियको सहभागीता रहेको थियो ।