प्राइम खबर संबाददाता | पुस २१, २०७८ बुधबार

रौतहट जिल्लाको  चर्चित महिला नेतृ अन्जु झाले ईशनाथ नगरपालिकाका ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेकाी छिन । जिल्लाका ईशनाथ नगरपालिका घर भई नेपाली कांग्रेसको सक्रिय राजनितीमा लागेकी नेतृ झा जिल्लामा समाजसेबी महिलाहरुको सूचिमा अग्र स्थानमा रहेकी छिन् ।  


पार्टीका कार्यकर्ताहरुको मात्र नभई नगरबासीको मनमा बस्न सफल उनको स्थानियहरु समेत  दिल खोलेर नै प्रशंसा गर्दछन् ।  बुधबार नेतृ झाले सो नगरपालिकामा बसोबास गर्ने  १०० जना  ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेकी  छिन् । नेत्रृ झाले आफुहरुलाई अभिभाबकको रुपमा सम्झिएर सम्मान गरेको प्रति खुसी प्रकट गर्दै सम्मानित हुने ज्येष्ठ नागरीकहरुले उनको प्रशंसा समेत गरेका छन् ।



 बिभिन्न समय समयमा उनले स्थानिय नागरीकहरुप्रति गर्ने सम्मान र सहयोगी भावनाको कारण ईशनाथ नगरपालिका निबासी स्थानियहरुले समेत उनको प्रशंसा गने गरेको स्थानियको भनाई रहेको छा ।  झा जस्तो बिकासप्रेमी र नगरबासीको मन जित्न सफल रहेकी उनलाई आगामी स्थानिय तहको निर्बाचनमा सो नगरपालिकाको मेयर पदमा चुनाब लड्न समेत आफुहरुले सुझाब दिएको उनी निकट स्थानियहरु बताउछन् ।