प्राइम खबर संबाददाता | माघ २६, २०७७ सोमबार
रौतहट जिल्लाको गुजरा नगरपालिका ७ का लक्ष्मण महराका छोरा २६ बर्षीय रितु महराको हत्या नभई करेन्ट लागेर मृत्यु भएको प्रहरीको निष्कर्ष रहेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलनको आयोजना गरी एसपी सिद्धिविक्रम शाहले उक्त जानकारी गराएका छन् ।
गत २१ गते राती महरा बृन्द्धाबन नगरपालिका ९ स्थित भूसहाका महम्द आलमको घरमा छोरी गर्न पसेका थिए । चोर पसेको घरबेटीले थाहा पाएर लखेटदै जाँदा रितु महरा गहुँ खेततर्फ भागेका थिए ।
सोही वडाका मसकुर आलमले जंगली जनावर भगाउँन आफ्नो खेतमा लगाएको बिधुतीय तारमा अल्झेर महराको घटना स्थलमै मृत्यु भएको एसपी शाहले बताए ।
घटनाको भोली पल्ट जग्गाधनी आलम आफ्नो खेतमा बिहानको समयमा हेर्न जाँदा गहुुबारीमा महरा मृत अवस्थामा फेला परेका थिए । खेतमा बेवारिसे लास देखे लगतै आलमले खेतमा विक्षाईएको बिधुतीय तार हटाएर गोठमा लुकाएका थिए ।
घटना पछि प्रहरीले मृतकको पोष्टमार्टम रिपोर्ट र घटना स्थलको आवश्यक जाँचबुुझ पछि मृतक रितु महराको हत्या नभई करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
खेतमा बिधुतीय तार लगाउँने मकुर आलमलाई पक्राउँ गरी ज्यान सम्बन्धी मुद्धामा सात दिनको म्याद थमाई आवश्यक कारवाही अगाडी बढाईएको रौतहट प्रहरीले जनाएको छ ।