प्राइम खबर संबाददाता | पुस १७, २०७८ शनिबार

रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवको टोलमा स्थानीयहरूले सडक अबरुद्ध गर्दै प्रदर्शन समेत गरेका छन् । सो नगरपालिकाको वडा नम्बर २ स्थित सितलपुर बैरगनियामा ग्रमिण सडक हिलाम्मे भएपछि गाउँवासीहरू आक्रोसित भएका हुन् । स्थानीय सरकारको कार्यकाल सकिनै लाग्दा पनि बाटोको मर्मत एबम् सुधार नभएको भन्दै शुक्रबार स्थानीयहरूले सडक अवरुद्ध गरि प्रर्दशनमा उत्रिएका हुन्  । सोही वडाका वडाध्यक्षका प्रत्यासी शेरबहादुर पटेलको नेतृत्वमा स्थानीयहरूले सडक अबरुद्ध गरेको स्थानियहरु बताउछन्  ।
सडक अबरुद्ध भएपछि सितलपुर बैरगनिया सडक खण्ड केही समय आवागमन ठप्प भएको थियो । सडक अबरुद्ध भएको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय फतुवाबिजयपुरका प्रहरी एबम् सो वडाका वडाध्यक्ष भविक्षण यादव घटनास्थलमा पुगी  तीन दिन भित्र बाटो मर्मत, सुधार गराउने प्रतिबद्धता ब्यक्त गरेपछि अवरुद्ध हटेको हो ।
  करोडौंको बजेट चलाउने नगरप्रमुख यादवले आफ्नै गाउँलाई बेवास्ता गरेपछि गाउँलेहरू स्थानीय सरकार मुर्दाबाद,निकम्मा मेयर मुर्दावाद जस्ता नारा लगाउदै प्रर्दशनमा उत्रिएका हुन् । वडाध्यक्षले समेत सो स्थानमा बेवास्ता गरेको भन्ने उनिहरुले आरोप लगाएका छन् ।   प्रतिबद्धता अनुरुप तीन दिन सम्ममा पनि मर्मत कार्यको थालनी नभए पुन: कडा रूपमा आन्दोलन गरिने स्थानीयहरूले चेतावनी समेत दिएका छन् ।