प्राइम खबर संबाददाता | पुस १६, २०७८ शुक्रबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित पूर्ब पश्चिम राजमार्गमा तिनकुने चोकमा शुक्रबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् ।
जनमत कार्यकर्ताले किसानको समस्या समाधान गर, सिके राउत जिन्दाबाद, जनमत पार्टी जिन्दाबाद लगायतका नारा लगाउदै प्रर्दशनमा उत्रिएका हुन् । नारा लगाउदै सडक अबरुद्ध गर्न खोज्ने सातजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 



केहीबेरको प्रदर्शन र नाराबाजि सहितको बिरोध जुलुस गरेको जनमत पार्टी रौतहटका कार्यकर्ताले वडा कमिटी गठन लेखिएको ब्यानर बोकेर प्रदर्शनकारी सडकमा उत्रिएका थिए । जनमतले किसानले भोग्दै आएका बिभिन्न समस्याहरुलाई जोडदार रुपले समस्या समाधानको निम्ति माग उठाउदै पौष १५ गतेदेखि आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ । प्रर्दशनकारीको बिरोधका बाबजुद राजमार्गमा यातायातका साधन निर्बाद रुपले चलेको छ । 
पक्राउ पर्नेहरुमा ललित मल्लिक सानु, रामबिश्वास साह, जबाहर राम, बिरेश चौरसिया, दिल ब. मण्डल,अर्जुन कुशवाह र बिबेकानन्द साह रहेको प्रहरी स्रोतले बताएको छ ।