प्राइम खबर संबाददाता | पुस १५, २०७८ बिहिबार

नेपाली कांग्रेसको नवनिर्वाचित वडा सभापति नेत्र कुस्वारले नेपाली कांग्रेस जनताको लोकप्रिय पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसले वडामा संगठन बिस्तारको क्रममा टोल भेला गर्दै विहिबार चन्द्रपुरको वडा नम्बर ६ स्थित बेल्दिमा गरिएको टोल भेला कार्यक्रममा सभापति कुष्वारले नेपाली कांग्रेस सधै जनताको हकहितको पक्षमा काम गर्ने पार्टी भएको बताएका हुन् ।




जनाताले चाहेँका विकास निर्माण योजना निर्माणदेखि लिएर लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस रहेको सभापति कुसवारको दाबी रहेको छ । उनले भने,“जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ,यस टोलमा सिंचाईको समस्या समाधान ,डिप बोरिङ, बाटो, बिजुली बत्ती ,मठ ,मन्दिर आदि लगायतका विकास निर्माणका काम कांग्रेसको पहलमा भएका छन् । ”



कम्युनिष्टले आफ्ना कार्यकर्ता पोस्ने र भ्रमको खेती गर्दै जनतालाई धोका दिने काम गरेकोले यसको चिरफार गर्न आवश्यक रहेको उनले बताए । यसका साथै उनले निकट भविष्यमै आउन लागेको सबै तहको निर्वाचनका कांग्रेस पहिलो पार्टी बनाउनुपर्ने बताउदैं वडामा सबैले त्यसको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् । कांग्रेसको हालै सम्पन्न महाअधिवेशनले तय गरेको नारा ‘ १४ औं महाधिवेशनको कार्यभार, शसक्त कांग्रेस र बहुमतको सरकार ’ अनुसार नै काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने,“ महाधिवेशनको नारा अनुसार नै अगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने र जनादेश अनुसार कांग्रेसले काम गर्नेछ ।” कांग्रेस मजबुद भए लोकतन्त्र मजबुद हुने र विशेष युवा पलायनको समस्या मुख्य समस्या भएको हुँदा स्वदेशमा र आफ्नो ठाउँमा रोजगारीको अवसर सिर्जना गर्न कांग्रेस लागि पर्ने बताए ।

कार्यक्रमममा चन्द्रपुर वडानं ६ का निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू , क्रियाशील सदस्यहरू ,टोल समितिका सदस्यहरू लगायत कांग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।