प्राइम खबर संबाददाता | माघ २६, २०७७ सोमबार

रौतहट  जिल्लाको तीन मुख्य स्थान गौर, गरुडा र चन्द्र्निगाहपुरमा नेकपा प्रचण्ड—माधव समुहले ठूलो संख्यामा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको असंबैधानिक कदम र गैर कानुनी संबैधानिक नियुक्तिको विरोधमा सोमबार साझ मसाल जुलुस गरिएको हो ।


मसाल जुलुसमा सहभागी सो सममुहका नेता तथा कार्यकर्ताहरुले माघ २८ गते संघीय राजधानी काठमाडौंमा हुने विरोध सभा सफल पारौ , अबैधानिक नियुक्ति खारेज गर, गृहमन्त्री मुर्दाबाद, केपी ओली मुर्दाबाद लगायतका सरकार विरोधी नारा लगाएका थिए । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सोमबार देशभर नै मसाल जुलुस सहित प्रदर्शन गरेको छ । 



चन्द्रनिगाहपुरमा भएको मसाल जुलुस मुख्य चौक परिक्रमा सहित कोणसभामा परिणत भएको थियो । कोणसभा लाई सम्बोधन गर्दै संविधानसभा सदस्य देवेन्द्र पटेलले संबिधान र जनमतको रक्षाको निम्ति आफूहरु सडक सङ्घर्षमा आउनु परेको र संसद विघटनको असंवैधानिक कदमका विरुद्द शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले दमन गर्न खोजे त्यसको एक एक हिसाब किताब राखिने र प्रहरी प्रशासन पनि असंवैधानिक कदम चाल्ने खड्ग ओली कै मतियार रहेको आफ्नो ठहर रहने हुँदा आन्दोलनमा साथ र सहयोग गर्न आग्रह समेत गरेका छन् ।