प्राइम खबर संबाददाता | पुस १५, २०७८ बिहिबार
रौतहटमा कुलोमा डुबेर रहेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
विहिबार जिल्लाको फतुवा विजयनगर नगरपालिका ६ मा कुलोमा डुबेर सडेको अवस्थामा सोही स्थान सन्तपुर दोस्तिया घर भएका ४० वर्षीय मिरहसन अन्सारीको शव भेटिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माले जानकारी दिएका छन् ।
चार दिनदेखि बेपत्ता भएका अन्सारीको शव कुलोमा सडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुलोमा डुबेर अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । शव फेला परेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय विजयपुरबाट खटिएको टोलीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी श्रोत अनुसार मृतकमा मादकपदार्थ सेवन गर्ने लत रहेको हुँदा मदिरा सेवन गरि रातिको समयमा लडेर कुलोमा खस्दाँ उनको मृत्यु हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।