प्राइम खबर संबाददाता | पुस १३, २०७८ मंगलबार

नेपाली कांग्रेस चन्द्रपुर वडा नम्बर ६ का वडा सभापति नेत्र कुस्वार ले राजनीतिक सक्रियता बढाएका छन् ।


सभापतिमा निर्वाचित भएपश्चात निरन्तर संगठन विस्तारमा खट्दै आएका कुस्वर पछिल्लो समय वडाका विभिन्न टोल टोलमा नेपाली कांग्रेसको संगठन निर्माणमा लाग्दै आएका छन् । पार्टी र संगठनका लागि भन्दै आक्रामक शैलीमा संगठन विस्तारमा लागेका कुसुवारको अहिले चन्द्रपुर नगरपालिकामा मात्र नभई जिल्लाभर चर्चा चुलिँदै गएको छ ।



मंगलबार वडा कार्यसमितिको बैठकमा वडाको प्रत्येक टोल टोलमा टोल भेला गर्ने निर्णय गरेर उनी टोल भेलाको तयारीमा जुटेका हुन । मंगलबार नै उनले ठोकर टोलमा टोल भेला गरेर संगठन विस्तारको सुरुवात गरेका छन् ।



ठोकर टोलमा भएको टोल भेलाले बुद्ध बहादुर लोप्चनको संयोजकत्वमा ५१ सदस्यीय टोल समिति चयन गरेको छ ।

मंगलबार बाट सुरु भएको टोल भेला वडा नम्बर ६ को प्रत्येक टोल टोलमा सम्पन्न गर्दै संगठित कांग्रेस निर्माण गर्दै वडामा नेपाली कांग्रेसलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न लागि पर्ने सभापति कुसवारले बताए ।