प्राइम खबर संबाददाता | पुस १३, २०७८ मंगलबार

नेपाली काँग्रेशका नबनिर्बाचित प्रदेश सभापति कृष्ण प्रसाद यादबलाई नेपाल शिक्षक संघ रौतहटले गृह जिल्लामा भब्य स्वागत गरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरको एक होटलको सभाहलमा मंगलबार संघले सभापति यादबलाई सम्मान गरेको हो । कार्यक्रममा रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेस समिति सदस्य पदमा निर्बाचित भएका अन्य तीन जनालाई समेत सम्मान गरीएको शिक्षक संघ रौतहटका जिल्ला अध्यक्ष रामकृपाल राय यादबले बताएका छन् । 





सम्मानित हुनेहरुमा नबनिर्बाचित प्रदेश सदस्य सूर्यबहादुर थापा, नितेशकुमार गुप्ता र अरुण साह रहेका छन् । निर्बाचित मध्यका गुप्ता सबैभन्दा कान्छो सदस्य समेत हुन् । प्रदेश सभापति यादबलाई उक्त सम्मान तथा शुभकामना कार्यक्रममा १ सय २५ किलोको मालाले समेत सम्मान गरीएको आयोजकले बताएको छ । संघले प्रदेश समितिमा निर्बाचित जिल्लाका सम्पूर्णलाई सम्मान पत्र सहित सम्मान गरेका हो ।  



 कार्यक्रममा जिल्लाका  क्षेत्रिय सभापतिहरु, क्षेत्रिय प्रदेश सभापतिहरु, अधिकांश नगर सभापतिहरु, वडा सभापतिहरु लगायत नेपाली काँगेशका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।