प्राइम खबर संबाददाता | पुस १२, २०७८ सोमबार
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष खड्ग प्रसाद ओलिको दम्भ,अहंकार एबम् स्वेच्छाचारी कदमका कारण विद्रोह गर्नु परेको बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा सोमबार आयोजित नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आफूलाई राजनेता बताउने ओलीको घमण्डले कम्युनिस्ट एकता भङ्ग भएको आरोप लगाएका छन् । उखान टुक्का र झुट्को खेती गर्न माहिर ओलीले जनतालाई भ्रममा पारेर आफू शक्तिशाली बन्ने दिवा सपना देखेको उनको आरोप छ ।
आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउन २ पटक सम्मानित संसद विघटन गर्ने ओलीले सत्ता र शक्तिका लागि जे पनि गर्न सक्ने भन्दै मन्त्री खतिवडाले ओलीलाई “ बा " भन्ने कार्यकर्ता र स्वयम ओली नै कम्युनिष्ट नभएको बताए ।
मन मिल्दा माओवादी र प्रचण्डलाई क्रान्तिकारी नेताको संज्ञा दिने ओलीले आफू कमजोर हुन थालेपछि गुटबन्दी गर्दै पार्टी नै तहसनहस पार्ने काम गरेको आरोप लगाउने ओलीमा राजनीतिक संस्कार नभएको उनले बताए । जनतामा भ्रम छर्न निकै माहिर मानिएका खड्ग ओली विभिन्न कण्डहरुमा मुछिएपछि कसैले बिरोध नगर्दा तानाशाही बनेको आरोप मन्त्री खतिवडा को रहेको छ ।
कार्यक्रमममा सांसद कल्याणी खड्का ,पूर्व सांसद वंशीधर मिश्र, समाजवादी जिल्ला संयोजक कमल राय यादव लगायतका नेताहरुले भनाइ राखेका थिए । नगर अध्यक्ष बाबुराम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रम चन्द्रनिगाहपुर स्थित एक होटलमा बाक्लो कार्यकर्ताको उपस्थितीमा सम्पन्न भएको छ ।