प्राइम खबर संबाददाता | पुस १२, २०७८ सोमबार

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेको १६ जिल्लाको अधिवेशन पुस २७ गतेको लागि तय भएको छ ।


कांग्रेसको निर्वाचन समितिले सोमबार एक विज्ञप्ति जारी गरी पुस २७ गते जिल्ला अधिवेशन गर्न निर्णय भएको सचिव केशव रिजालले बताए ।



कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी नै रहेको छ ।