प्राइम खबर संबाददाता | माघ २५, २०७७ आइतबार

मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय रौतहटको चन्द्रनिगाहपुरमा खुलेको छ । चन्द्रपुर–४ मा सम्पर्क कार्यालय रहेको मेची महाकाली बुहारी संयुक्त आवाजको प्रदेश नम्बर २ अन्तर्गत प्रादेशिक कार्यालय खुलेको हो । 
महिला तथा बालबालिकाको हिंसा विरुद्धको अभियान लिएर अघी बढिरहेको सो संस्थाको कार्यालय उदघाटन चन्द्रपुर नगरपालिकको उपप्रमुख रामरती चौधरीले गर्नुभएको थियो । कार्यालय उदघाटन गर्दै उपप्रमुख चौधरीले  समाजमा भएका बेथीति र बिकृतीको बिरुद्ध बुलन्द रुपमा अघि बढन उनको आग्रह रहेको थियो  । मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश नम्बर २ का संयोजक पुजा पाठक तिमल्सिनाको सभाध्यक्षमा भएको उदघाटन कार्यक्रममा समाजसेवी देबकी नेपाल, अजय साह, नीलहरी कोईराला एबम् संचारकर्मी संजय कार्की, सागर हुमागाई लगायतको उपस्थिति रहेको कार्यक्रममा रत्ना चौधरीले स्वागत मन्तब्य राख्दै अथिति लाई स्वागत गरेकी थिएन भने कार्यक्रम राजकुमार ठोकरले सञ्चालन गरेका थिए ।