प्राइम खबर संबाददाता | पुस ११, २०७८ आइतबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा अपराह्न तीन बजे महाधिवेशन उद्घाटन समारोह हुँदैछ ।


माओवादीले आज पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी सकेको थियो । उद्घाटन समारोहस्थल, सडक किनार, आकाशे पुल जताततै राष्ट्रिय सम्मेलनका ब्यानर र फ्लेक्स बोर्ड टाँगिएको थियो । तर, शनिबार साँझ माओवादीले एक्कासी राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो । त्यसपछि राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न माओवादी कार्यकर्ताहरूलाई भ्याईनभ्याई भएको छ । अनलाईन खबरबाट,