प्राइम खबर संबाददाता | पुस ११, २०७८ आइतबार

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आजदेखि दैनिक रुपमा पार्टी केन्द्रीय कार्यालयमा बस्ने घोषणा गरेका छन् । गुरुङले पदभार ग्रहण गरे लगतै पुस ११ गते आइतवारदेखि दैनिक विहान ११ वजेदेखि दिउसो ३ वजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जनाएका छन् ।


सामाजिक संजाल मार्फत उपसभापति गुरुङले काठमाडौं उपत्यकामा रहेको र विषेश कुनै कार्यक्रम नभएको अवस्थामा सधै पार्टी केन्द्रीय कार्यालयमा पुग्ने बताएका हुन् ।
 ‘भ्याली बाहिर नगएको र बिशेष कार्यक्रम नपरेको अबस्थामा भोलि २०७८ पौष ११ गतेबाट सामन्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु। भेटघाट गर्नुपर्ने काम परेमा केन्द्रीय कार्यालयमै भेटौंला है।’ उनले सामाजिक संजालमा लेखेका छन् ।