प्राइम खबर संबाददाता | पुस ३, २०७८ शनिबार

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना जारीरहेको छ ।


केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।



गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताएका छन्  ।

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, पार्टीका सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो केन्द्रिय सदस्य पदको प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।