प्राइम खबर संबाददाता | पुस १, २०७८ बिहिबार
कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी लोकप्रिय ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भएका छन्,उनी प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । केन्द्रीय निर्वाचन समितिले मतपरिणामको औपचारिक घोषणा गरीसकेको जनाएको छ । प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदबार राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।