प्राइम खबर संबाददाता | मंसिर २६, २०७८ आइतबार
नेपाली कांग्रेसका नेता मिथिलेश कुमार मिश्रले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता मिश्रले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
कांग्रेस नेता मिश्रले मधेशीतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिबाट कांग्रेस राजनीतिमा लागेका युवा नेता मिश्र सालिन र भद्र स्वभावका नेताका रूपले परिचित छन् ।
चर्चामा रहेका नेता मिश्रले कांग्रेसलाई बलियो र जनताको प्रिय पार्टी बनाउन आफ्नो भूमिका रहने बताएका छन् । नेता मिश्र रौतहट जिल्लावाट प्रतिनिधित्व गर्दै १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।