प्राइम खबर संबाददाता | माघ २४, २०७७ शनिबार

रौतहट जिल्लाको जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आठौ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसमा आयोजना गरिएको सभाको चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले उदघाटन गरेका हुन्  । 
 सभा लाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले शिक्षण संस्थाको भौतिक पुर्बाधार निर्माण र शैक्षिक गुणस्तरमा जोड दिए मात्र कलेजको समुचित विकास र शैक्षिक गुणस्तरमा प्रगती हुने बताएका छन् । उक्त सभामा बिशिष्ट अतिथी चन्द्रपुर नगरपालिका उपप्रमुख रामरती चौधरीले सम्बृद्ध समाज निर्माणको लागि शैक्षिक गुणस्तरमा जोड दिनु पर्नेमा जोड दिएकी छिन्  । सो सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकराज थापाले बार्षिक प्रगती प्रतिबेदन पेश गर्दै क्याम्पसको शैक्षिक अबस्था, भौतिक अबस्था, आर्थीक अबस्था, संस्थागत बिकास तथा ब्यबस्थापकिय अबस्थाको बारेमा जानकारी गराएका थिए ।  
  निमित क्याम्पस प्रमुख राजन श्रेष्ठले बार्षिक प्रतिबेदनमा क्याम्पसको बर्तमान आर्थीक अबस्था, क्याम्पसको भौतिक अबस्थाको बिबरण, भौतिक निर्माण गर्नु पर्ने भाबी योजना, क्याम्पसमा संचालित तह र बिषयहरु, ०७५/७६को बार्षिक परिक्षाको नतिजाको बिबरण पेश गरेका थिए ।
  क्याम्पस सभामा शिक्षक मधुकर खडका लाई उत्कृष्ठ शिक्षकको रूपमा नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यस्तै बिद्यार्थीहरुमा वाणिज्य, मानबिकी तथा शिक्षा शास्त्र  संकाय तर्फका अनुशासित विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो । क्याम्पसको बार्षिक कक्षागत परिक्षामा सर्बोत्कृष्ट प्राप्ताङ्क ल्याउने छात्र तर्फ अश्विन उपाध्याय र छात्रा तर्फ प्रिती साह लाई पुरस्कार सहित सम्मान गरिएको नि.क्याम्पस प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन् ।