प्राइम खबर संबाददाता | मंसिर २०, २०७८ सोमबार

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीद्वारा वडा कार्यालयको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


सोमबार नगरप्रमुख चौधरीले वडा नम्वर ८ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन्। पञ्चायत कालीन भवनमा रहेको वडा कार्यालय जीर्ण बन्दै गएपछि वडा नम्वर ८ स्थित सन्तपुर मा प्रस्तावित वडा कार्यालय भवनको सिलान्यास गरिएको नगर प्रमुख चौधरीले बताए ।



चन्द्रपुर नगरपालिकाको लगानीमा बन्न लागेको वडा कार्यालय भवन एक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य सहित सोमबार सिलान्यास भएको हो ।

सिलान्यास कार्यक्रममा वडा नंबर ८ का वडा अध्यक्ष पासपत चौधरी,सञ्जय चौधरी युवा नेता मन्दिप चौधरी लगायत स्थानियहरुको समेत सहभागिता रहेको थियो ।