प्राइम खबर संबाददाता | मंसिर १९, २०७८ आइतबार
नेकपा एकीकृत समाजावादीमा युवाहरु प्रवेश गर्नेको लहर चलेको छ । इलाम क्षेत्र नं. २ मा एमाले परित्याग गरी एकीकृत समाजवादीमा युवाहरु प्रवेश गर्ने लहर चलेको हो । सो क्षेत्र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हो ।
नेम्वाङकै क्षेत्रबाट एमाले परित्याग गरी युवाहरु एकीकृत समाजवादीमा प्रवेश गर्न थालेपछि उनी चिन्तित बनेका छन् । एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्न थालेपछि नेम्वाङले रोक्न सकेका छैनन् । एकीकृत समाजवादी प्रवेश गर्ने नेताहरुले नेम्वाङलाई समेत एमाले परित्याग गर्न दवाव दिन थालेपछि उनलाई चिन्ता र चासो बढेको छ ।
एक समय यता एमालेको किल्ला मानिने र नेम्वाङको निर्वाचन क्षेत्रबाट सयौंको संख्यामा नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीका अध्यक्ष भक्त केसीले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष केसीले माङ्सेबुङ गाउपालिका पार्टी गठन भईसकेको बताए । यस्तै, देउमाई नगरकमिटीमा केशर राईको अध्यक्षतामा ५१ सदस्यीय पार्टीको कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा लोकप्रसाद चौलागाई, सचिवमा चित्र मोरोहाङ, उपसचिवमा मिना राई र सन्दिप राई रहेका छन् ।