प्राइम खबर संबाददाता | मंसिर १९, २०७८ आइतबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् । अध्यक्ष पदका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् ।
महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । उनी २२ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । पाठक कमल थापा प्यानलका हुन् ।
महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापाले १६ सय ४० मत प्राप्त गरेकी थिईन् । अध्यक्षमा बिजयी लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भएका हुन् भने निकटम प्रतिस्पर्धि थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । निर्बाचनमा कुल ४३१ मत बदर भएको छ ।