प्राइम खबर संबाददाता | पुस २८, २०७७ मंगलबार

रौतहट जिल्लाको जलहिया चोकबाट घुम्ती पसल फोरेर चोरी गर्ने मानिसहरू पक्राउ परेका छन् । गत २६ गते रातको  समयमा  कतहरिया नगरपालिका वडा नं ६ स्थित फत्तेपुर मा सञ्चालित सशी किशोर सहनी को सानो काठको घुम्ती फुटाई पसलमा रहेका नगद एबम् सामानहरू चोरी भएको थियो । 
पक्राउ पर्नेहरुमा रौतहट जिल्ला कटरिया नगरपालिका वडा नम्बर ६ फत्तेपुर घर भएका  प्रकाश सहनी र सुरेश सहनी रहेका छन् । 
पसल चोरी भएको सूचना प्राप्त हुनासाथ खटेको ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले राति १० बजेको समयमा कटहरीया स्थित जलाहिया चोकबाट चोरीका सामानहरू र नगद सहित अभियुक्तहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडा ले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूलाई रौतहट जिल्ला अदालत बाट ३ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडा को न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिएका छन् ।