प्राइम खबर संबाददाता | मंसिर १७, २०७८ शुक्रबार

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवाले बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै पार्टीको महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा महाधिवेशनको नारा समेत राखिएको छ । कांग्रेसको यो महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण ,  सफल बनाऔं नेपाली काग्रेशको १४ औ महाधिबेशन’ राखेको छ । यही मंसिर २४ गतेदेखि काठमाडौंमा कांग्रेसको १४औं महाधिवेशन हुँदैछ ।