प्राइम खबर संबाददाता | मंसिर ५, २०७८ आइतबार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । शनिबार रौतहटमा आयोजित बिशाल जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई सिध्याउने उद्देश्य राखेर एमालेले चिवतनमा महाधिवेशन गर्न लागेको भएपनि निर्वाचनमा आफ्नो जित सुनिश्चित् रहेको सुनाए ।
उनले भने,‘अहंकारका खलनायकहरुले महाधिवेशन गर्दैछन चितवनमा, उनीहरु प्रचण्ड र माओवादीलाई माया गर्न चितवन गएका होईनन, सिध्याउनको लागि गएका हुन्, तर जनताको अगाडि दुनियाँको कुनैपनि तागतले हामीलाई हराउन सक्दैनन्, हामी जित्छौं । माओवादी पार्टी ०६४ सालको जस्तै एक नम्बर बन्ने पूरा सम्भावना छ ।’ उनले निलम्बित सांसद प्रभु साह तर्फ लक्षित गर्दै दलाल, भगौडा र कायरलाई तह लगाउनको लागि पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । कटहरीयामा भएको सोही कार्यक्रममा सभासद सत्य नारायण भगत बीनले साहलाई वडा अध्यक्षमा समेत चुनाब जित्ने हैसियत गुमाईसकेको हुदा वडामा चुनाब लडेर जितेर देखाउन समेत चुनौति दिएका छन् ।